२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन शाह

१६ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री  र मेयर शाहबीच महानगरपालिकाले महानगरभित्रका सार्वजनिक सम्पत्ति खाली गर्न चलाइरहेको अभियानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई महानगरभित्रको सार्वजनिक सम्पत्ति खाली गराउन खोज्दा अवरोध हुने र त्यो अवरोध रोक्न सहयोग गरिदिन नगरप्रमुख शाहले आग्रह गरेको बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १०:१८