२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्योः कमल थापा

१५ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोल तर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको संगठन बिभागद्वारा आज काठमाडौंमा आयोजित “उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान” तयारी बैठकमा बोल्दै थापाले निर्बाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना , भ्रष्टाचार नियन्त्रण , बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए । अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको कथन थियो ।

सो अबसरमा संगठन बिभाग प्रमुख एबं महामन्त्री राजाराम बर्तौलाले “उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान” कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रम बारे प्रकाश पारे । काठमाडौं ,ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे,जिपि दाहाल र श्याम नेपालले अभियानलाई प्रभाबकारी रुपमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : 17:19