१ असार २०८३, सोमबार | Mon Jun 15 2026

गृहमन्त्रीबाट कानून मिचियो, नेपालमा दोहोरो नागरिकता लिन पाइँदैन : भीम रावल

११ माघ, काठमाडाैं । एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको बताएका छन् ।उनले बुधबार सामाजिक सञ्जालमार्फत संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।

उनले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ । गृहमन्त्रीबाट कानून मिचिएको छ ’, ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अहिले अन्तिम सुनुवाइ भइरहेको छ ।

उनले लेखेका छन्ः

संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो। गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ।गृहमन्त्रिबाट कानून मिचिएको छ।

प्रकाशित मिति : January 25, 2023 at 3:01 pm