२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

११ माघ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।

कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए।

सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैंक भौचर भरिरहनु पर्दैन ।“वडाको लेखाशाखामा विवरण भरेपछि सोही विवरणका आधारमा बैंक भौचर सिर्जना हुन्छ र बैंकमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ,” उनले भने ।

सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । कामपाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा लक्ष्यको ४१ प्रतिशत राजस्व असुल गरिसकेको छ ।

चालु आवका लागि कामपाले रू १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकामा हालसम्म रू चार अर्ब ३४ करोड असुल गरिसकेको छ । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष रू एक करोडले बढी राजस्व असुल भएको कामपा राजस्व विभाग प्रमुख डा अधिकारी बताउँछन् ।

विगतको वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आएपनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा अधिकारीको भनाइ छ । यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको

प्रकाशित मिति : January 25, 2023 at 12:07 pm