२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

२४ वर्षदेखि सुस्ता बचाऊँ अभियान चलाइरहेका गोपाल गुरुङको निधन

११ माघ, काठमाडौँ । २४ वर्षदेखि सुस्ता बचाऊँ अभियानमा लागिरहेका संयोजक गोपाल गुरुङको मंगलबार राति निधन भएको छ । मस्तिष्काघात भई झण्डै एक महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहेका गुरूङको उपचारमा आर्थिक अभाव भए पनि सहयोग संकलन अभियान नै सञ्चालन भएको थियो ।

नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन उनी भारतीय सीमा सुरक्षा बलका विरूद्ध अग्रमोर्चामा रहेर लडिरहेका थिए । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए। उनले सुस्ता बचाउन संगठित अभियान नै चलाएपछि भारतीयले भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष कैद गरेका थिए ।

नेपालका प्रधानमन्त्रीहरू भारतीय रअका प्रमुखहरूसँग गोप्य भेट गरेर राष्ट्रिय स्वार्थ र हितका बिरूद्धमा विभिन्न सम्झौता गर्दै षडयन्त्रमा लाग्दा गुरूङ नेपाली भूमि बचाउन लागिरहेका हुन्थे ।

प्रकाशित मिति : 08:55