१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरिने

१० माघ, हेटौँडा । वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । १४ वटा मन्त्रालय रहेकामा घटाएर ११ मन्त्रालय कायम गर्ने निर्णय भएकाे छ ।

प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो प्रतिवेदन पेश गर्दैछ । उक्त समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।

निरौलाले अहिले रहेका मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन-मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

समितिले उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझा दिएकाे बताइएको छ ।

डोरमणी पौडेल नेतृत्वमा ७ मन्त्रालय रहेको बाग्मती प्रदेशमा अष्टलक्ष्मीको पालामा ८ वटा बनाइएकाे थियाे । त्यसपछि राजेन्द्र पाण्डेले मन्त्रालय सङ्ख्या बढाएर १४ पुर्याएपछि झ्यालझ्यालमा मन्त्रालय बनाइएको भन्दै आलाेचना भएकाे थियाे। २०७८ कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेपछि गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको सङ्ख्या ८ बाट बढाएर १४ पुर्याइएको थियो ।

प्रकाशित मिति : January 24, 2023 at 1:08 pm