२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्याे ?

१० माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। यस दिन हालसम्मकै उच्च स्तरमा पुगेर सुनको मूल्यले नयाँ  रेकर्ड कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

यसअघि गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। साे दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : January 24, 2023 at 11:07 am