१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

नेशनल माइक्रोफाइनान्सद्धारा लाभांश घोषणा

९ माघ, काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन।

माघ ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सावर्जनिक गरेका कारण लघुवित्तकाे शेयर काराेबार राेक्का गरिएकाे छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:२२