२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अर्घाखाँची महोत्सवविरुद्ध अदालत पुगे गैरै

८ माघ, अर्घाखाँची । शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए ।

आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । अर्घाखाँचीमा बाल अधिकारकर्मी छन् की छैनन् भन्दै अदालत गुहारेका गैरेले अदालतले न्याय दिने विस्वास व्यक्त गरेका छन् ।

यता मेलाको आधिकारीक स्वीकृती दिने सन्धिखर्क नगरपालिकाले भने विद्यालयसँग समन्वय भइसकेको जनाएको छ । आज नै सन्धिखर्कमा सम्पन्न सर्वपक्षीय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सवै पक्षको अध्ययन गरेर स्वीकृती दिएको भए पनि केही व्यक्तिले बार्गेनिङ्ग नमिलेपछि अदालत गुहारेको बताए ।

यता नेपाल पत्रकार महासंघ अर्घाखाँचीले भने आफूहरू संस्थागत रुपमै मेलाको पक्षमा रहेको जनाएको छ । अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दल, जिल्लामा रहेका संघ संस्था तथा आम जिल्लावासी नै मेलाको पक्षमा हुँदाहुदै केही व्यक्ति गलत मानसिकताका साथ विरोधमा लागेको अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष हरिप्रसाद भुसालले बताए ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची महोत्सव संचालन हुँदैछ । अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रष्ठिान, अर्घाखाँची युवा परिषद लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् ।

यही माघ ११ गतेदेखी २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा संचालन हुने मेलाको प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेगरी तयारी भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : January 22, 2023 at 7:44 pm