२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वैदेशिक रोजगार व्यवसायी संघमा एमाले निकटको ऐतिहासिक जित, अध्यक्षमा राजेन्द्र भण्डारी विजयी


७ माघ, काठमाडाैँ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकटका राजेन्द्र भण्डारी विजयी भएका छन । कुल ६४० मत खसेकोमा भण्डारी १९९ मतसहित विजयी भएका हुन । भण्डारी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष समेत हुन ।

अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसी उम्मेदवार रहेका थिए ।

संघको प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमार तृतीय उपाध्यक्ष सन्जु गुरूङ विजयी भएका छन । त्यस्तै महासचिवमा मेघनाथ भुर्तेल र सचिवमा कर्णराज कटुवाल विजयी भएका छन । त्यस्तै कोषाध्यक्षमा सरिता घले विजयी भएका छन । पदाधिकारीमा विजयी महासचिव र सचिवबाहेकका सबै राजेन्द्र भण्डारी समूहका व्यवसायी हुन । महसचिव भुर्तेल र सचिव कटुवाल नेपाली कांग्रेस निकटका व्यवसायी हुन । उनीहरू कुमुद खनाल नेतृत्वको प्यानलबाट चुनावी मैदानमा सहभागी भएका थिए ।

अध्यक्षमा विजयी राजेन्द्र भण्डारी ।

सदस्यहरूमा भण्डारी समूहबाट राजेन्द्र बस्नेत, देउमान नेम्वाङ, वैकुण्ठ प्रसाद पौडेल वैभव र आनन्द कोइराला विजयी भएका छन । त्यस्तै अर्को समूहबाट विक्रम श्रेष्ठ देवीमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु विजयी भएका छन । विजयीहरूले प्राप्त गरेको मत विवरण यस्तो रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०८:२२