२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

स्वास्थ्यमा सुधार आएसँगै वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


६ माघ, काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १५:१३