२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण


६ माघ, काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ । शुक्रबार बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको जनाइएकाे छ । बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १०:०९