५.७१ अकंले बढ्याे सेयर बजार, ३ अर्ब ४ करोडकाे काराेबार
५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार झिनाे अंकले घटेको सेयर बजार आज भने केही सुधार देखिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ । आज २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर बढेको छ ।
आज एनआइसी एशिया बैंकमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १८ करोड ४ लाख ४४ हजार रुपैयाँ शेयर खरिद बिक्री भएको छ । बिहीबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४८ रूपैयाँ २० पैसा पुगेकाे छ । आज कुमारी धनवृद्धि याेजनाकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १५:३३












