यी ३ कम्पनीको सेयर मूल्यमा उछाल, कुनको कति पुग्यो ?
४ माघ, काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन बुधबार ३ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यो समाचार तयार पार्ने बेलासम्ममा पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक कम्पनी र ग्रिन भेन्चर्सको सेयर मूल्यमा उछाल आएको हाे ।
पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ७० पैसाले वृद्धि भई ३२६ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यस्तै, बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैंया ८० पैसाले बढेर ४१६ रुपैयाँ कायम भएको छ । ग्रिन भेन्चर्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४५७ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १४:३५












