२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने

३ माघ, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

‘बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिंदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेका छौं’, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भने । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १३:२४