डिम्याट खाता खाेल्नेकाे संख्या ५४ लाख ८४ हजार नाघ्याे, मेरो सेयर प्रयोगकर्ता कति ?
२ माघ, काठमाडाैं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएको हाे। आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या संख्या ५४ लाख ८४ हजार २ सय ७३ जना पुगेकाे छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख ७२ हजार ५ सय ६८ जना पुगेकाे छ । आवद्ध छन् ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार १६:४०












