प्रि ओपन सेसनमा करिब साढे ४ अंकले बढ्यो नेप्से
११ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.२७ अंकले बढेर २९६४.६७ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १०६ स्टकको ३०८ पटकको कारोबारमा १२ करोड ८२ लाख ३९ हजार ३०३ रुपैयाँ ८० पैसाबराबरको १ लाख ४९ हजार २९१ कित्ता सेयर कारोबार भएको छ ।
प्रकाशित मिति : March 25, 2026 at 11:04 am









