सार्वजनिक बिदा भएपनि आज साढे १ बजेसम्म बैकिङ सेवा खुला रहने
२ माघ, काठमाडौं । आज बैकिङ सेवा खुला रहने भएको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सरकारले देशभर माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तर आज सार्वजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैकिङ सेवा बिहान १० बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ११:५०












