५ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?
२ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि मंगलबार ९१ दिन काे अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । यसअघि आज बोलकबोल गरिने भनिएको थियो । तर आज शोक बिदा परेको हुनाले भाेलि बाेलकबाेल गरिनेछ ।
बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख ५ गते परिपक्क हुनेछ ।
याे ट्रेजरी बिल भाेलि माघ ३ गते, मंगलबार दिउँसो २ बजे बोलकबाेल भएर माघ ४ गते, बुधबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:४२












