२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सोमबार बिहानै बालकोटको बार्दलीमा ओलीसँगै मुस्कुराए प्रधानमन्त्री प्रचण्ड

२ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको छ । भेट अहिले पनि जारी छ । बालकोटको बार्दलीमा घामसँगै मुस्कुरउँदै ओली प्रचण्डले संवाद गरिरहेका छन ।

ओली र प्रचण्डको बीचमा माघ ५ को सभामुखको निर्वाचन र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भइरहेको बुझिएको छ । मन्त्रालयको भागवण्डा संख्यामा करिब टुंगिए पनि नाममा सहमति नहुँदा कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्रीले आजका लागि हिजै राष्ट्रिय शोक घोषणा गरिसकेका कारण सबै पूर्वनिर्धारित बैठकहरू समेत स्थगित गरेको सिंहदरबार जानुनपर्ने भएकाले ओलीसँग सँगै लन्च गर्ने कार्यक्रम समेत रहेको छ । प्रधानमन्त्री प्रचण्डले केही घण्टा ओलीसँगै बालकोटमा बिताउने छन भने केही गम्भीर विषयमा सहमति जुटाउने छन ।

यसअघि प्रचण्डले बिहानै प्रधानमन्त्री निवास बालुवाटारमै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग भेटवार्ता गरेका थिए । सोङ्ग नवनियुक्त राजदूत हुन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:२६