२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पाेखरा विमान दुर्घटना अपडेटः अस्पताल लगिएका ३६ जनाकाे मृत्यु

१ माघ, काठमाडौं । पाेखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका ३६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए ।

विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए ।

केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १४:३०