२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार, माओवादीका २ र एमालेका १ मन्त्री नियुक्त

२९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले तीनजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाईँ मन्त्रीमा नियुक्त गरेका छन् । यस्तै एमालेबाट बुद्धीकुमार राजभण्डारी मन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि प्रदेश १ मा तीनजना मन्त्री नियुक्त भइसकेका छन् । तर कसैको पनि मन्त्रालय तोकिएको छैन । आज विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रालय बाँडफाँट गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ११:११