२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के बिषयमा भयाे छलफल ?

२८ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन। मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका स्रोतले जनाएकाे छ । बुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १६:४२