५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

छिमेक लघुवित्तकाे लाभांश घोषणा, बोनस र नगद कति ?


२८ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तापूँजीको २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हहो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गर्ने छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १०:२३