घट्यो बैंकहरुको ब्याजदर, यस्तो छ नयाँ ब्याजदर
२८ पुस, काठमाडौं । बैंकहरुको ब्याजदर घट्ने भएको छ । आगामी माघ १ गतेदेखि लागू हुनेगरि नेपाल बैंकर्स सघंले ब्याजदर घटाएको हो ।
बुधवार सम्पन्न नेपाल बैंकर्स संघको विशेष साधारणसभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । संघका अनुसार माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो ।
नेपाल बैंकर्स संघका नव नियुक्त अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदर घटाउने निर्णय गरेको जानकारी दिए ।
माघ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गर्ने भएका छन्।
प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०९:४८












