२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

२६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको सांसद शरदसिंह भण्डारीले बताए ।

 सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए । ‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर, सरकारमा सहभागी हुन नहुने विषयमा कुनै पनि निर्णय भएको छैन ।’

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार दिएकाे थियो । प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रतिनिसभामा लोसपाका चारजना सांसद रहेका छन् ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १२:१७