८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

प्रभु बैंक र सेञ्चुरी बैंककाे एकिकृत काराेबार सुरू

२६ पुस, काठमाडाैं ।  प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। आज एक समारोहबीच प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा प्राप्त गरेको हो।

दुवै बैंकको पुस १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेका थिए । सेञ्चुरीलाई प्राप्ति गरेपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ११:५७