९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्ताव पारित

२६ पुस, काठमाडाैं । नेपाल एसबिआई बैंकले सेयरधनीहरुको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभा पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएकाे हाे ।

उक्त सभाले बैंकको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफानोक्सानहिसाब र सोहीअवधीको नगदप्रवाहविवरण लगायतवार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।

सभाले बैंकका सेयरधनीहरुलाई चुक्तापुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३.००% बोनश शेयर र ७.५३% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाले बैंकको सहायक कम्पनी“नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत ((Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०९:५४