८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

२२ सय नाघ्याे सेयर बजार, एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२५ पुस, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा चमक देखिएकाे छ । आज सेयर बजार २२ सय विन्दुमाथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से साेमबार ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेकाे छ । यस दिन २५७ वटा कम्पनीकाे एक कराेड ४६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । हाेटल तथा पर्यटन उपसमूहकाे सेयर मात्रै घटेकाे हाे ।

साेमबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ६८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बरूण हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, छ्याङ्दी हाइड्राेपावर, जाेशी हाइड्राेपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिङ्गटी हाइड्राेपावर, खप्तड लघुवित्त, राधी विद्युत, बाराही हाइड्राेपावर, पिपुल्स हाइड्राेपावरलगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १६:११