२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इकोनोमिक मिडिया सोसाइटीको अध्यक्षमा रामराजा श्रेष्ठ

२३ पुस, काठमाडाैँ । आर्थिक समाचारलाई प्राथमिकतामा राख्ने मिडियाका सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । इम्शनको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।

साधारणसभाबाट उपाध्यक्षद्धयमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा चयन भएका छन । महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके) र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी चयन भएका छन ।

यसैगरी सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा चयन भएका छन् ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १७:०४