८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार मिति तय, ४ दिन यी बैंककाे सेवा बन्द हुने

२२ पुस, काठमाडाैं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंककाे एकीकृत कारोबारकाे मिति तय भएकाे छ  । मर्जर प्रक्रिया पूरा गरी यी बैंकहरूले पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जर प्रक्रियामा रहेका यी बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्।

दुवै बैंकको यही पुस १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेकाे हाे । आज पुस २२ गते शुक्रबार राति १० बजेदेखि पुस २६ मंगलबार बिहान ९ः४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ११:४५