२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

३१.५८ प्रतिशत लाभांश पारित गर्न आँधिखोला लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

२२ पुस, काठमाडाैं । आँधीखोला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । लघुवित्तले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हाे ।

संस्थाको सञ्चालक समितिको पुस २१ गते बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा  माघ १३ गते होटल गाँउबेशीको सभाहल वालिङ स्याङ्जामा बिहान ११ः३० बजेदेखि बाेलाएकाे छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनस सेयर वितरणपछि जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, एक वा एकभन्दा बढी लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्न उपयुक्त देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने, खापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तसम्मको वासलात, तथा सोहि मितिमा समाप्त आ.व. ०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्ताव पारित गर्नेछ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १०:३९