७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

२२ पुस, काठमाडाैं । नेको इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले माघ १५ गते, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजे २७ औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे साधारण सभामा सहभागिता हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : January 6, 2023 at 10:03 am