७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


२१ पुस, काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव हेरफेर भएकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।  हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:२२