नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जरलाई धितोपत्र बोर्डले दियाे अन्तिम स्वीकृत
२० पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एक आपसमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । धितोपत्र दर्ता गठराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृत प्रदान गरिएको हो ।
मर्जरपश्चात दुबै बैंकको एकीकृत कारोबार हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको नामबाट कारोबार प्रक्रियामा जानेछ । दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको छ । यसअघिनै नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १२:५१












