८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

राष्ट्र बैंकले प्रभु र सेन्चुरी बैंकलाई मर्जरको लागि दियाे अन्तिम स्वीकृति

२० पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले पुस १९ गते मंगलबार मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।

यी २ बैंकबीच साउन १५ गते मर्जर तथा प्राप्तिमा जाने सम्झौता भएको थियो। केन्द्रीय बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको बैंकले जनाएकाे छ। अब मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ११:५५