१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रम

१९ पुस, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, बागमती प्रदेशको भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताबाट २४२ लिटर रगत दान गरिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्ष रुपमा लावान्वित गर्दै आएको छ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ११:५६