१ असार २०८१, शनिबार | Sun Jun 16 2024

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन


१८ पुस, काठमाडौं। काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १७:१२