२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

पर्थमा ओएनएफको शुभकामना आदान प्रदान कार्यक्रम

१७ पुस, अष्ट्रेलिया । प्रवासी नेपाले मञ्च, वेष्टन अस्ट्रेलियाले नयाँ बर्ष २०२३को अवसरमा शुभकामना कामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय क्यानिङ रिभर पार्कमा आयोजित वार्विक्यु सहितको कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबालिका तथा वयस्यहरुका लागि भएका खेलकुदमा बिजेताहरुलाइ पुरस्कार प्रदन गरिएको थियो |

मञ्चका वेस्टन अष्ट्रेलियाका अध्यक्ष श्री तेजेन्द्र बिक्रम मल्लको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका उप सचिव होमनाथ निरौलाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मञ्चलाई नयाँ वर्षमा राज्यमा रहेको नेपाली समुदायको हित थप क्रियासिल रहन आग्रह गरेका थिए ।

कार्यक्रममा एनआरएनए वेस्टन अष्ट्रेलियका संयोजक दिपक बस्नेतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । यसै गरि मञ्चको ओसियान कमिटीका पुर्व सदस्य मधु पन्थि, मञ्चका सल्लाहकारहरु भैरव ढकाल, माधब ढुंगाना लगायतले शुभकामना मन्तब्य गरेका थिए |

औपचारिक कार्यक्रमको संचालन मञ्चका उपाध्यक्ष दिपक सुवेदी र सचिव गोपाल घिमिरे संयुक्त रुपमा गरेका थिए । औपचारिक कार्यक्रम पछिको मनोरन्जन तथा खेलकुद कार्यक्रमको सन्चालन दीपक सुबेदी, शेखर घिमिरे र सरिना ढकालले मनोरञ्जनात्क ढंग कार्यक्रम संचालन गरेर थप रौनकता प्रदान गरेका थियो |

प्रकाशित मिति : January 1, 2023 at 6:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/