२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमालेले माधव नेपाललाई राष्ट्रपति नबनाउने, तनावमुक्त बन्न कार्यकर्तलाई नेतृत्वको अपिल

१६ पुस, काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने कुरा हल्लामात्र भएको बताएको छ । एमालेले हल्लाका पछि नलाग्न अपिल गर्दै त्यस्तो कुरा सोच्न पनि नसकिने बताएको छ ।

एमालेका उपमहासचिव एवं अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीले नामै नलिइ तत्काल समाजवादीसँग पार्टी एकीकरण हुने र माधव नेपाललाई राष्ट्रपति बनाउने कुरा सम्भव नभएको बताए । गम्भीर ‘रियलाइजेशन’ बेगर त्यस विषयमा सोच्न समेत नसकिने प्रष्ट पारे ।

शनिबार एमालेको कान्छो जनवर्गीय संगठन रिटर्नी फेडरेशनको स्थापना दिवसमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नगर्दासम्म माधव नेपालको समूहलाई स्वीकार गर्नै नसकिने प्रष्ट पारे । उनले कार्यकर्तापंक्तिलाई नहुने कुरामा टाउको दुःखाइ गरेर तनावमा नबस्न अनुरोध गरे ।

प्रकाशित मिति : 20:07