१ असार २०८१, शनिबार | Sun Jun 16 2024

एमाले नेता पराजुलीले गरे जेष्ठ नागरिक तथा अपांगहरुलाई ज्याकेट वितरण


१५ पुस, काठमाडाैं । वृद्ध अवस्था, एकसरो कपडा, पुषको ठन्डी, त्यहीँ माथी सुनकोसी नदिको किनारामा बास । एकपटक कल्पना गर्नुस त, कसरी दिन बिताएका होलान् ती वृद्धहरुले ।

ती दिन-दु:खीहरुको पीडा देखेर मल्हम लगाउने काम गरे, समाजसेवी एबम् एमाले युवा नेता भरत पराजुलीले । उनको अभियानमा साथ दियो, नेकपा एमाले बलेफी गापा कमिटीले ।

आज एक सामान्य कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ (साबिक मांखा गा वि स ) का ज्येष्ठ तथा असक्त असहाय नागरिकहरूलाई न्यानोका लागी ज्याकेट वितरण गरिएको छ ।

सो वडाका ३ सय भन्दा बढी लक्षित नागरिकहरूले यो सुविधा पाएका हुन । “ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित न्यानो कपडा वितरण गरिएको हो । भरत पराजुलीले भने, “उहाँहरूले सकुन्जेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो । अहिले वहाँहरु अशक्त हुनुभयो, हामीले वहाँहरुलाई सहयोग नगरे कसले गर्छ र? भन्ने लाग्यो अनि यो कार्यक्रम गर्‍यौ ” – ।

 

स्थानीय सङ्घ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद सहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए ।

न्यानो ज्याकेट, टोपी पाएपछि वृद्ध-वृद्दाहरुको मुहारमा चमक देखिएको थियो । उनीहरू प्रफुल्ल मुद्रामा चिया-खाजा खादै एक-आपसमा गफ गर्दै बसेका थिए ।

उक्त कार्यक्रममा एमाले जिल्ला अध्यक्ष कमल नेपाल, बागमती प्रदेश संगठन कमिटीका सदस्य जेपि सिलवाल लगायत जिल्ला तहका नेताहरुको समेत सहभागीता रहेको थियो ।

मांखा स्थित कुवा पानी, भन्ज्याङ र तल्लो जालवारी लगायतका बस्तीमा ज्याकेट वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी देखिएकाले अन्य बस्ती र वडाहरूमा पनि यसलाई बिस्तारको प्रयास गरिने समाज सेवी तथा व्यवसायी पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १७:०९