२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१५ पुस, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हाे ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भएको छ। उनीहरूबीचकाे भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएकाे छ ।

बिहीबार बसेकाे सत्ता साझेदार दलहरूकाे बैंठकले एमाले अध्यक्ष ओलीलाई संयोजक बनाएका छन्। सरकारका न्यूनतम साझा कार्यक्रम ५ दिनभित्र ल्याउने तयारी सरकारको छ।

प्रकाशित मिति : 10:22