८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

उच्च अंकले बढेकाे सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१४ पुस, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेकाे छ । बुधबार घटेकाे सेयर बजार बिहीबार बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको हो । सेयर बजार बढेसँगै अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेर छ । बिहीबार २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी हाइड्रोपावरको १० करोड १४ लाख, एनआइसी एशियाको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १५:१७