२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महान्यायाधिवक्ता पोखरेलले लिए शपथ

१४ पुस, काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई शपथ खुवाएकी हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

अधिवक्ता पोखरेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोखरेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बहस गरेका थिए । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १२:२७