प्रभु बैंकको साधारण सभाबाट सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव र लाभांश पारित
१४ पुस, काठमाडाैं । प्रभु बैंक लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न भएकाे छ । बैंककाे साधारणासभा आज पुस १४ गते, बिहीबार बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएकाे हाे ।
सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि पारित भएकाे छ ।
साथै, सभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्र स्वीकृत गरेको हो। सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।
प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १२:१८












