२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सरकारको न्यूनतम साझा कार्यक्रम ५ दिनमा तयार हुने, एमाले अध्यक्ष ओलीलाई संयोजनको जिम्मा

१४ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार हुने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक बसेको सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र साझा कार्यक्रमको मस्यौदा तयार गर्ने  निर्णय गरेको हो । उक्त मस्यौदाका लागि सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली तोकिएका छन ।

न्यूनतम कार्यक्रम बनाउनका लागि बैठकले अध्यक्ष ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको समितिमा सत्ता साझेदार सबै दलका सदस्य रहनेछन ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, उपप्रधान एवं गृहमन्त्री लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी थिए । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेले बताए । यद्यपी मन्त्रालयको भागवण्डा टुंगिन बाँकी रहेको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ११:३८