९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१४ पुस, काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको हाे ।

कम्पनीको पुस १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षकाे मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणकाे स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १०:१९