२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले नेता बिराट बिष्टको पहलमा महोत्तरीको १८ बिघा अतिक्रमित सार्वजनिक जग्गा खाली

-विशाल बस्नेत

१३ पुस, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी नेकपा एमालेका नेता समेत रहेका वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन  ।

लामो समयदेखी  जोतभोग गर्दै आएको दावी गर्दै ब्यक्तीले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले बुधबार नै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत वनाएका छन ।

विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दयकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिए । `स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानियहरुको लागी आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,` अध्यक्ष बिष्टले भने ।

रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानियहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसगैँ मनलागी  अतिक्रमण गर्ने स्थानियहरुमा समेत नियन्त्रण हुने बिस्वास लिइएको छ । `जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइनेछ,´ अध्यक्ष बिष्टले भने ।´

नगरमा नै  सवैभन्दा बढी बर्दिबास-३ मा भु-माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भैइरहेको वेला वडा अध्यक्ष बिष्टले लिएको पहलकदमीलाइ निक्कै सकारात्मकरुपमा लिइएको छ ।

स्वयम अध्यक्ष बिष्टले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको संख्या वढीरहेको वताउदै चिन्ता ब्यक्त गर्दै आएका छन् । न्युजकारखाना

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ०८:०६