२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ज्योतिषले निकालेको शुभ साइतमै बालुवाटार छिरे प्रचण्ड, साँचो छोरीको हातमा

१३ पुस, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् । आज बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटारको निवासको साँचो प्रचण्डको स्वकीय समेत रहेकी छोरी गंगा दाहालले लिएकी छिन । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २२:४३