२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गृहमन्त्री रवि लामिछाने पुगे राहदानी विभाग

१३ पुस, काठमाडौं। उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।

उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १६:२४